काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले यसपटक काठमाडौँमा नै दसैँ मनाउने भएका छन् । खनालले डल्लुस्थित आफ्नो निवासमा दसैँको टीका लगाउने भएका हुन् ।
खनालका सचिवालयका अनुसार बिहान परिवारसँग दसैँ मनाएपछि दिउँसो २ बजेपछि पार्टीका नेता कार्यकर्ताहरूलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ । खनालले दसैँ मनाउन, कार्यकर्ता तथा शुभचिन्तकसँग भेटघाट गर्न गृह जिल्ला इलामका सबै कार्यक्रम रद्द गरिसकेका छन् ।
पार्टीका अध्यक्ष माधव कुमार नेपालले भाइको निधनको शोकमा यसपटक टीका नलगाउने भएका छन् । उनी कार्यकर्ता तथा मतदाताहरूसँग भेट्न आफ्नो गृह जिल्ला रौतहट पुगेका छन् ।




















प्रतिक्रिया