Logo

प्रमुख समाचार

राप्रपा अध्यक्ष लिङ्देन आज अमेरिका जाँदै



काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन अमेरिका भ्रमणमा जाँदैछन् । उनी पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाको निमन्त्रणामा आज अमेरिका प्रस्थान गर्न लागेका हुन् ।

अमेरिकाको विभिन्न राज्यमा हुने भ्रमणका क्रममा अध्यक्ष लिङ्देनले टेक्सासको ड्यालसमा हुने पानस अमेरिकाको तेश्रो राष्ट्रिय अधिवेशनको समुदघाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

अमेरिकामा रहॅदा अध्यक्ष लिङ्देन अक्टोबर २८ का दिन मोमो महोत्सव (फेस्टिवल)मा प्रमुख आतिथ्यता ग्रहण एवं नेपालीहरूसँग भेटघाट एवं अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । अक्टोबर २९ का दिन ड्यालसको करि लिफ वैङ्कटमा हुने पानस अमेरिकाको तेस्रो राष्ट्रिय अधिनेशनलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्नेछन्।

त्यस्तै अक्टोबर ३० का दिन साँझ केन्टकीका नेपाली समुदायसंग साक्षात्कार गर्नेछन्। अध्यक्ष लिङ्देन अक्टोबर ३१ का दिन ओहायोमा विश्व भुटानी संगठनद्वारा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा सहभागि हुनेछन्। कार्यक्रम तालिका अनुसार उनले नोभेम्बर २ का दिन वाशिंगटनस्थित नेपाली दूतावासको भ्रमण तथा अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ ।

त्यसपछि नोभेम्बर ४ मा न्यूयोर्कमा प्रवासी नेपाली एकता समाज पानस न्यूयोर्क च्याप्टरद्वारा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख आतिथ्यता गरि नोभेम्बर ५ का दिन मेरिल्यान्ड बाल्टिमोरमा पानसद्वारा आयोजित भेटघाट कार्यक्रममा सहभागी हुनेछन् । अध्यक्ष लिङ्देन नोभेम्बर ७ मा नेपाल फर्कने छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार ११:३०   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।