काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउमा नयाँ रेकर्ड बनेको छ । साताको पहिलो कारोबार दिन बजारमा सु्नको मुल्य प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कायम भएको छ, जुन हालसम्मकै उच्च हो ।
यसअघि गत शुक्रबार १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुनको मुल्य प्रतितोला १ लाख १६ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि शनिबार मात्रै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । शनिबार बजारमा सुनको मूल्य तोला १ हजार रुपैयाँले वृद्धि भइ १ लाख १७ हजार रुपैयाँ कायम भएको हो । यसअघि भने शनिबार सुनको कारोबार बन्द हुने गरेको थियो ।
आइतबार थप एक हजार रुपैयाँ वृद्धि भई एक लाख १७ हजार भएको हो । त्यसैगरी यसदिन चाँदी तोलामा १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




















प्रतिक्रिया