Logo

प्रमुख समाचार

यूएन महासचिव गुटेरेसले सम्बोधन गर्ने दिन औपचारिक पोशाकमा आउन सांसदहरूलाई निर्देशन



काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)का महासचिव एन्टोनियो गुटेरेस नेपालको औपचारिक भ्रमणमा छन् । उनी चारदिने भ्रमणका लागि आइतबार बिहान नेपाल आइपुगेका हुन् ।

गुटेरेसले यही कात्तिक १४ गते मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्नेछन् । अपराह्न ४ बजे उनले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आइतबारको बैठकमा जानकारी गराएका छन् ।

सभामुख घिमिरेले त्यस दिन १५ मिनेट अगाडि नै संसद् आएर आशनग्रहण गरिसक्न सांसदहरूलाई भनेका छन् । साथै सबैलाई औपचारिक पोशाकमा उपस्थित हुनसमेत उनले निर्देशन दिएका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आईतवार १४:२७   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।