काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसद्मा सम्बोधन गर्दैछन् । महासचिव गुटेरेसले अपरान्ह ४ बजे राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने संघीय संसद सचिवालले जनाएको छ ।
महासचिव गुटेरेसले सम्बोधन गर्ने भएपछि सभामुख देवराज घिमिरेले सोमबार बेलुका नै सभा कक्षको निरीक्षण गरेक थिए । सभामुख घिमिरेले यसअघि नै बैठक सुरु हुनु १५ मिनेटअघि नै औपचारिक पोशाकमा संसद्मा उपस्थित हुन सांसदहरूलाई निर्देशन दिइसकेका छन् ।
गुटेरेसले सम्बोधन गर्ने भएकोले आजको संसद्मा संवैधानिक निकायका पदाधिकारीलगायत अन्य उच्च पदस्थ व्यक्तिहरूलाई पनि संसदमा उपस्थितका लागि निमनत्रणा दिइएको छ ।
आइतबार बिहान नेपाल आइपुगेका महासचिव गुटेरेस मंगलबार बिहान अन्नपूर्ण आधार शिविर पुगेर लुम्बिनीको अवलोकन सकेर संसद्लाई सम्बोधन गर्न काठमाडाैं आइपुग्दैछन् । महासचिव गुटेरेस बुधबार फर्किनेछन्




















प्रतिक्रिया