Logo

राजनीति

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले आज संसद्‍मा सम्बोधन गर्दै



काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसद्‍मा सम्बोधन गर्दैछन् । महासचिव गुटेरेसले अपरान्ह ४ बजे राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकलाई  सम्बोधन गर्ने संघीय संसद सचिवालले जनाएको छ ।

महासचिव गुटेरेसले सम्बोधन गर्ने भएपछि सभामुख देवराज घिमिरेले सोमबार बेलुका नै सभा कक्षको  निरीक्षण गरेक थिए । सभामुख घिमिरेले यसअघि नै  बैठक सुरु हुनु १५ मिनेटअघि नै औपचारिक पोशाकमा संसद्‍मा उपस्थित हुन सांसदहरूलाई निर्देशन दिइसकेका छन् ।

गुटेरेसले सम्बोधन गर्ने भएकोले आजको संसद्‍मा संवैधानिक निकायका पदाधिकारीलगायत अन्य उच्च पदस्थ व्यक्तिहरूलाई पनि संसदमा उपस्थितका लागि निमनत्रणा दिइएको छ ।

आइतबार बिहान नेपाल आइपुगेका महासचिव गुटेरेस मंगलबार बिहान अन्नपूर्ण आधार शिविर पुगेर लुम्बिनीको अवलोकन सकेर संसद्‍लाई सम्बोधन गर्न काठमाडाैं आइपुग्दैछन् । महासचिव गुटेरेस बुधबार फर्किनेछन्

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलवार १०:०८   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।