Logo

अन्तर्राष्ट्रिय

गाजामा इजरायलको बमबारी पछिको दृश्य, हेर्नुहोस् तस्विरहरूमा



एजेन्सी । अक्टोबर ७ मा इजरायलमाथि प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक लडाकू समूह (हमास)ले गरेको आक्रमणपछि गाजामा इजरायली आक्रमणम तीव्र छ ।

इजरायलकाे आक्रमणमा परी हजाराैं प्यालेस्टाइनीहरुले ज्यान गुमाइसकेका छन् भने लाखाैं घाइते र विस्थापित भइसकेका छन् । अमेरिकालगायत केही पश्चिमी राष्ट्रहरुकाे सहयाेगमा इजरायलले प्यालेस्टाइनमा निरन्तर आक्रमण गरिरहेकाे छ ।

अक्टोबर ७ मा हमास लडाकूले हवाई, स्थल तथा जलमार्गबाट एकैसाथ एक्कासी आक्रमण गर्दा गाजा क्षेत्रको इजरायलतर्फको सीमानामा भएकाे मानवीय तथा भाैतिक क्षतिकाे जवाफी कारबाही थालेकाे इजरायलले हमास संगठनलाई निमिट्यान्न नपारेसम्म युद्ध नराेक्ने जनाएकाे छ ।

इजरायलको बमबारीमा घाइते भएकी प्यालेस्टिनी बालिकाको उपचार गर्दै अल अक्सा अस्पतालका डाक्टरहरू।
गाजाको देइर अल बालाहस्थित नुसरात शिविरमा भएको आक्रमणपछि भग्नावशेषमा रहेका मानिसहरुको खोजी गर्दै उद्दारकर्मी
इजरायली बमबारीका कारण एउटा भवन भत्किएको छ । चरमपन्थी संगठन हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयले इजरायलको आक्रमणका कारण गाजामा हालसम्म आठ हजार ५०० भन्दा बढी मानिसको मृत्यु भएको जनाएको छ ।
गाजाको जबलिया क्याम्पमा भएको आक्रमणपछिको तस्विरमा नजिकैका भवनहरू भत्किएको र त्यहाँ ठूला खाल्डाहरू पनि बनेको देखिन्छ।
चरमपन्थी संगठन हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले जबलिया शिविरमा भएको आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको जानकारी दिएको छ ।
गाजाको जबलियामा भएको बम विष्फोट

तस्बिरहरु: राेयटर्स

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार ११:४३   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।