काठमाडौं । भिभोले नेपालमा भी सिरिजको नयाँ स्मार्टफोन भी २९ ई फाइभजी सार्वजनिक गरेको छ ।
यो स्मार्टफोनको मूल्य ४२,९९९ तोकिएको छ भने कार्तिक १६ देखि कार्तिक १९ सम्म भी २९ ई फाइभजीको प्रि–बुकिङ्ग खुला गरिएको छ । प्रि–बुकिङ्ग गर्दा ग्राहकहरुले ३९९९ मूल्य बराबरको रिभरसङ्ग इयरबड प्राप्त गर्न सक्ने भभिो नेपालले जनाएको छ । कार्तिक २० देखि यो स्मार्टफोन बिक्रीका लागि उपलब्ध हुनेछ । भिभो भी २९ ई फाइभजीले स्टुडियो जस्तो दृश्य अनुभव प्रदान गर्ने कम्पनीको दाबी रहेको छ । भी २९ ई फाइभजीमा स्मार्ट औरा लाइट पोट्र्रेटको साथै १२० हर्ज एमोलेड डिस्प्ले र स्लिम फ्ल्याट फ्रेम रहेको छ ।
यो दुई उत्कृष्ट कलर भेरियन्ट – रोज गोल्डमा नानो–स्केल फोटोएचिङ टेक्निक र फरेस्ट ब्ल्याक लिभरेजिङ फ्लोराइट एजी ग्लासमा उपलब्ध हुनेछ । स्लिम फ्ल्याट फ्रेम र ६.६७ इन्चको स्क्रिन साइजको साथ ६४ एमपी ओआईएस अल्ट्रा–सेन्सिङ क्यामेरा, ८ एमपी अल्ट्रा वाइड–एंगल क्यामेरा, स्मार्ट औरा लाइट पोट्र्रेटको साथ स्मार्ट कलर टेम्परेचर एडजस्टमेन्ट, १२० हर्जको एमोलेड डिस्प्ले लगायतका यस फोनका आकर्षक विशेषताहरु रहेका छन् ।
५० एमपी अटोफोकश ग्रुप सेल्फी सुविधाले ग्रुप फोटोलाई पनि अद्भुत बनाउने कम्पनीको दाबी रहेको छ । यसको एडभान्स अटोफोकस र उच्च–रिजोल्युसन सेन्सरले प्रयोगकर्ताहरूलाई क्रिस्पनेस, स्पष्टता दिन्छ ।
यसमा क्वालकम स्न्यापड्रेगन ६९५ प्रोसेसर रहेको छ । यसमा विशाल ४८०० एमएएच ब्याट्री रहेको छ जुन लामो समयसम्म चार्ज टिक्छ साथै यसमा ४४ वाटको फ्ल्यास चार्ज पनि रहेको छ । ८ जीवी र्याम र २५६ जीवी रोम तथा ८ जीवी र्याम र ८ जीवी एक्सटेन्डेड र्यामको यो फोनमा रहेको छ ।




















प्रतिक्रिया