Logo

अन्तर्राष्ट्रिय

पहिलाे पटक खुल्याे गाजाको रफाह क्रसिङ, ८८ गम्भीर घाइतेहरूलाई लिएर एम्बुलेन्स इजिप्ट प्रवेश



एजेन्सी । गाजाबाट घाइतेहरूलाई लिएर पहिलो एम्बुलेन्स रफाह क्रसिङ हुँदै इजिप्ट प्रवेश गरेको छ।

त्यहाँ क्रसिङमा पाँच सय मानिसहरू इजिप्ट प्रवेश गर्न पर्खिरहेका छन्। रफाहस्थित बीबीसीका रुस्दी अबु अल्लुफले राहदानी अधिकारीहरूले ८८ जना गम्भीर व्यक्तिहरूलाई इजिप्टमा प्रवेश गर्न अनुमति दिइएकाे बताएका छन् ।

अक्टोबर ७ पछि पहिलो पटक गाजाका सर्वसाधारणका लागि रफाह क्रसिङ खुला गरिएको छ। आज ८० भन्दा बढी घाइते र पाँच सयभन्दा बढी विदेशी नागरिकहरूलाई गाजा छोड्न अनुमति दिइएको छ। घाइते पहिले जान दिने र त्यसपछि अरु जान दिने तयारी गरिएकाे अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । रफाह क्रसिङबाट विदेशी राहदानी भएका नागरिकहरुलाई मात्रै जान दिइने बताइएकाे छ ।

हाल हमास नियन्त्रित प्यालेस्टिनी क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग प्रवेश गराउने रफाह एउटा मात्र प्रवेश विन्दु हो । उक्त क्षेत्रबाट युद्वग्रस्त हमास नियन्त्रित क्षेत्रमा मानवीय सहायताका लागि सहयाेग सामाग्रीहरु पनि नियन्त्रण गरेर पठाइएकाे छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार १६:५२   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।