काठमाडौं । नेपालको राष्ट्रिय मानव अधिकार आयोग मानव अधिकार आयोगहरूको अन्तर्राष्ट्रिय सञ्जाल (गानरी)मा ए श्रेणीमै कायम रहने भएको छ । गानगरीले गठन गरेको सब कमिटी अन एक्रिडिएसन (एसएसी)ले बुधबार नेपालको मानव अधिकार आयोग ए श्रेणीमै रहने निर्णय गरेको हो ।
एसएसीले मानव अधिकार आयोगले आयोगसम्बन्धी ऐन निर्माणका क्रममा पदाधिकारी नियुक्ति पेरिस सिद्धान्तकै आधारमा गर्ने प्रतिवद्धता जनाएको उल्लेख गरेको छ । मानव अधिकार आयोगका पदाधिकारीहरूको नियुक्ति विवादास्पद भएको भन्दै नेपालबाट नागरिक समाजको एक टोलीले आयोगलाई बी श्रेणीमा राख्न गानरीमा सिफारिस गरेका थिए ।
केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा आयोगका अध्यक्षसहित पदाधिकारी नियुक्ति हुँदा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याई ५ सदस्यीय परिषदका ३ सदस्य मात्र उपस्थित भएर निर्णय गरिएको थियो भने उनीहरूको संसदीय सुनुवाइ पनि नभई नियुक्ति भएको थियो ।




















प्रतिक्रिया