Logo

राजनीति

अन्तत: ‘गानरी’मा नेपालको राष्ट्रिय मानव अधिकार आयोग ‘ए’ श्रेणीमै कायम



काठमाडौं । नेपालको राष्ट्रिय मानव अधिकार आयोग मानव अधिकार आयोगहरूको अन्तर्राष्ट्रिय सञ्जाल (गानरी)मा ए श्रेणीमै कायम रहने भएको छ । गानगरीले गठन गरेको सब कमिटी अन एक्रिडिएसन (एसएसी)ले बुधबार नेपालको मानव अधिकार आयोग ए श्रेणीमै रहने निर्णय गरेको हो ।

एसएसीले मानव अधिकार आयोगले आयोगसम्बन्धी ऐन निर्माणका क्रममा पदाधिकारी नियुक्ति पेरिस सिद्धान्तकै आधारमा गर्ने प्रतिवद्धता जनाएको उल्लेख गरेको छ । मानव अधिकार आयोगका पदाधिकारीहरूको नियुक्ति विवादास्पद भएको भन्दै नेपालबाट नागरिक समाजको एक टोलीले आयोगलाई बी श्रेणीमा राख्न गानरीमा सिफारिस गरेका थिए ।

केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा आयोगका अध्यक्षसहित पदाधिकारी नियुक्ति हुँदा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याई ५ सदस्यीय परिषदका ३ सदस्य मात्र उपस्थित भएर निर्णय गरिएको थियो भने उनीहरूको संसदीय सुनुवाइ पनि नभई नियुक्ति भएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार १८:२०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।