प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायको विषयमा प्रमुख राजनीतिक दलहरुबीच सहमति भएको बताएका छन् ।
मुख्य चाडपर्वका अवसरमा एमालेद्वारा बिहीबार आयोजित चियापानमा सहभागी उनले सञ्चारकर्मीसँग कुरा गर्दै दलहरु सहमतिमा पुगेको बताए ।
बुधबार बिहान मात्र आफू, काँग्रेस सभापति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच संक्रमणकालीन न्यायको काम चाँडो सक्ने सहमति भएको जानकारी उनले दिए ।

‘कांग्रेस सभापति, एमाले अध्यक्ष र मबीच एउटा अन्डरस्ट्यान्डिङ (सहमति) बनेको छ’, उनले भने, ‘यो विषय छिट्टै टुंगिन्छ ।’ उनले पीडितलाई केन्द्रमा राखेरै कानुन निर्माण हुने बताए ।
कोजाग्रत पूर्णिमामा काँग्रेस र बुधबार एमालेले आयोजना गरेका चियापनले दलहरुबीच सहमतिको वातावरण बनाउन भूमिका खेलेको उनको भनाइ थियो ।




















प्रतिक्रिया