Logo

अर्थ

७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै प्रतितोला छापावाला सुन १ लाख १५ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार १५० रुपैयाँ कायम भएको छ ।

हिजो बुधबार पनि सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला छापावाला सुन १ लाख १५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १४ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा ३५ रुपैयाँले घटेर चाँदी १ हजार ३८५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार १२:३१   :  बजे

138
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।