Logo

राजनीति

हमासको नियन्त्रणमा रहेका जोशीको रिहाईमा पहल गर्न कांग्रेस महामन्त्री शर्माद्वारा सरकारको ध्यानाकर्षण



काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले, हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई सकुसल नेपाल फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहिबारको प्रतिनिधिसभा बैठकमा उनले कतार सरकार मार्फत उनको उद्धार सम्भावना भएको भन्दै यसको प्रक्रियामा गम्भीर पहल गर्न प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

उनले भने, ‘नेपाली विद्यार्थी विपिन जोशी हमासको नियन्त्रणमा भएको पुष्टि भएको छ । कतार सरकारमार्फत कुरा गरेर उनलाई उद्धार गर्न सकिने सम्भावना औल्याँइएको छ । यो प्रक्रियामा गम्भीर पहल गर्न प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँन चहान्छु ।’

यस्तै, उनले काकडभिट्टा नाकामा आवागमन अवरोध भएको कारण स्थानीय व्यापारिहरु घाटामा परेको भन्दै भारत सरकारसँग कुरा गरेर काकडभिट्टा नाका सूचारु गर्ने व्यवस्था मिलाउँनु सरकालाई आग्रह पनि गरेका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार १२:४४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।