Logo

खेलकुद

विश्वकपमा पुग्न नेपालको भिडन्त यूएईसँग, जित्नैपर्ने दबाब



काठमाडौं । आसन्न टी–२० विश्वकपमा छनोट हुने नेपालले अब यूएसँग निर्णायक खेल खेल्ने भएको छ । घरेलु मैदानमा जारी विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत समूह चरणकाे अन्तिम खेलमा ओमनसँग पराजित हुँदै उपविजेतामा सीमित रहेकाे नेपालले सेमिफाइनलमा चिरपरिचत प्रतिद्वन्द्वी यूएईसँग प्रतिस्पर्धा गर्ने भएकाे हाे ।

लगातार जित निकाल्दै समूह बीमा रहेकाे यूएईले समूह बिजेताका रुपमा नेपालसँगकाे भेट पक्का गरेकाे हाे । नेपाल र यूएईबीचकाे सेमिफाइनल शुक्रबार मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

याे खेलमा जित हात पार्ने टोली विश्वकपमा छनोट हुने छ । बिहीबार भएको खेलमा यूएईले हङकङलाई २२ रनले पराजित गर्यो। यसअघि नेपालले लगातार खेल जित्दै ओमानसँग भिड्नुअगावै सेमिफाइनल यात्रा पक्का गरेको थियो ।

  • याे पनि…

ओमनसँग हार्‍याे नेपाल, समूह उपविजेताका रुपमा सेमिफाइनल खेल्ने

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार १२:५९   :  बजे

327
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।