काठमाडौं । आसन्न टी–२० विश्वकपमा छनोट हुने नेपालले अब यूएसँग निर्णायक खेल खेल्ने भएको छ । घरेलु मैदानमा जारी विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत समूह चरणकाे अन्तिम खेलमा ओमनसँग पराजित हुँदै उपविजेतामा सीमित रहेकाे नेपालले सेमिफाइनलमा चिरपरिचत प्रतिद्वन्द्वी यूएईसँग प्रतिस्पर्धा गर्ने भएकाे हाे ।
लगातार जित निकाल्दै समूह बीमा रहेकाे यूएईले समूह बिजेताका रुपमा नेपालसँगकाे भेट पक्का गरेकाे हाे । नेपाल र यूएईबीचकाे सेमिफाइनल शुक्रबार मुलपानी क्रिकेट मैदानमा हुनेछ ।
याे खेलमा जित हात पार्ने टोली विश्वकपमा छनोट हुने छ । बिहीबार भएको खेलमा यूएईले हङकङलाई २२ रनले पराजित गर्यो। यसअघि नेपालले लगातार खेल जित्दै ओमानसँग भिड्नुअगावै सेमिफाइनल यात्रा पक्का गरेको थियो ।
-
याे पनि…
ओमनसँग हार्याे नेपाल, समूह उपविजेताका रुपमा सेमिफाइनल खेल्ने




















प्रतिक्रिया