Logo

प्रमुख समाचार

रिगलकाे खाेजी सुरु, पक्राउ गरेर जेलमा पठाउने तयारी



काठमाडौँ । प्रहरीले सरकारको सिफारिसमा राष्ट्रपतिबाट बाँकी कैद कट्टा भएर रिहा भएका जन्मकैदका दोषी योगराज ढकाल रिगललाई खोज्न थालेको छ।

कैद पूरा भुक्ता नगरी सरकारले ज्यान मारेकाे उद्याेगमा जेल जीवन कटाइरहेका रिगललाई आम माफी दिएपछि सर्वोच्च अदालतले आज उक्त निर्णय बदर गरी तत्काल पक्राउ गरेर जेलमा राख्न परमादेश समेत जारी गरेकाे छ ।  सर्वाेच्चकाे आदेशलगत्तै पक्राउ गरेर कारागार चलान गर्न उनको खोजी सुरु भइसकेको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिए।

बिहीबार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको संयुक्त इजलासले जन्मकैद पाएका रिगलको बाँकी कैद कट्टा गर्ने निर्णय बदर गर्न आदेश दिएको थियो।

सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले सरकारले गरेको निर्णय बदर भएको जानकारी गराए। इजलासले संविधान र कानुन विपरीत भएको देखिएको भन्दै सो निर्णय बदर गर्न परमादेश दिएको हो। संविधान दिवसका दिन अन्य कैदीसँगै रिगलको बाँकी सजाय माफी दिँदै रिहा गरेको थियो।

सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध हत्या गरिएका व्यक्ति चेतन मानन्धरकी श्रीमती भारतीले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्। उक्त रिटलाई सर्वोच्चले प्राथमिकताका साथ हेरेको थियो। बुधबार सुनुवाइ सकेर बिहीबारका लागि निर्णय सुनाउने समय तोकेको थियो।योगराज ढकाल (रिगल) ले ११ वर्ष ११ महिना ५ दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको छ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार १६:३०   :  बजे

333
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।