Logo

समाचार

बालबालिकालाई आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाइँदै



काठमाडौं । आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ ।

सरकारको वार्षिक कार्यक्रम अन्तर्गत आज अर्थात कार्तिक १७ र १८ गतेसम्म ६–६ महिनाको अवधिमा वर्षमा २ पटक भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम अन्तर्गत अभियान सञ्चालन गरिएको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाले जनाएको छ ।

६ महिनादेखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ए र १ देखि ५ वर्ष सम्मका बालबालिकाहरूलाई जुकाको औषधि खुवाइने छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार १०:५२   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।