काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो ।
योसँगै प्रतितोला छापावाला सुन १ लाख १५ हजार ९०० रुपैयाँ पुगेको छ भने तेजाबी सुन १ लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँमा झरेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया