Logo

प्रमुख समाचार

‘राज्यको सम्पूर्ण शक्ति भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित छ’ : उपप्रधानमन्त्री खड्का



सुर्खेत । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राज्यको सम्पूर्ण शक्ति भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा केन्द्रित रहेको बताएका छन् ।

सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै खड्काले प्रधानमन्त्री जाजरकोट पुगिसकेको र आफू सुर्खेत विमानस्थलमा खटिएको बताए । खड्का शुक्रबार नै सुर्खेत आएका थिए ।

खड्काका अनुसार अहिले नेपाली सेनासँग भएका चार वटा हेलिकोप्टरहरू घाइतेको उद्धारका लागि खटाइएको छ । सेनाको जनशक्ति प्रभावित क्षेत्रमा पठाउने काम भइरहेको पनि उनले बताए ।

यस्तै सुर्खेतमा रहेको सानो हेलिकप्टरबाट घाइतेहरूलाई उद्धार गर्ने कार्य भइरहेको छ । साथै उनले राहतको काम पनि तत्कालै सुरु गर्ने गरी कामहरू अघि बढ्ने बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार १०:२४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।