Logo

प्रमुख समाचार

छिमेकी जिल्लाका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पनि भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित



काठमाडौं । भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिममा वरपरका जिल्लाका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पनि केन्द्रित गराइने भएकाे छ । आज बिहान प्रदेश सदरमुकाम सुर्खेतमा आकस्मिक रुपमा बसेको कर्णाली मन्त्रिपरिषद् र विपद् व्यवस्थापन समितिको बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

जसअनुसार अब बाँके, दैलेख, सुर्खेत र दाङ जिल्लाबाट भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रतीक इच्छुक शर्माले जानकारी दिए । उनका अनुसार भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनस्थापनालाई तीव्रता दिन सबै स्रोत साधन केन्द्रित गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार १०:५७   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।