Logo

कोशी प्रदेश

काेशी राजनीति : मन्त्री रानालाई राजीनामा गराउँदै सरकारबाट बाहिरियाे एमाले



विराटनगर । मुख्यमन्त्री केदार कार्कीकाे कदमप्रति असन्तुष्टि जनाउँदै कोशी प्रदेश सरकारबाट एमाले बाहिरिएकाे छ । आफूहरूसँगकाे सहमतिविपरीत गठबन्धनलाई सरकारमा ल्याएपछि एमालेबाट मन्त्री बनेका राम रानाले राजीनामा दिएका छन् । योसँगै कोशीबाट नेकपा एमाले औपचारिकरूपमा बाहिरिएको छ ।

हिजोमात्र मुख्यमन्त्री केदार कार्कीले माओवादी र नेकपा एसका एक-एकजनालाई मन्त्री बनाएका थिए । माओवादीका गणेश उप्रेती र एकीकृत समाजवादीका कमलप्रसाद जवेगु मन्त्री थपिएका छन् । मन्त्रिपरिषद् विस्तारमा असहमति जनाउँदै पार्टीको निर्णयअनुसार रानाले आज बिहान मुख्यमन्त्री कार्कीसमक्ष राजीनामा बुझाएका छन् ।

गठबन्धनले माओवादीका इन्द्र आङ्बोलाई अघि सारेपछि कांग्रेसबाट विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले सुरूमा एमालेका राम राना र आफ्नो समूह निकटका कांग्रेसका शमसेर राईलाई मन्त्री बनाएका थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ११:०९   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।