काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चढेर भूकम्प प्रभावित क्षेत्र पुगेको हेलिकप्टरबाट नै घाइतेहरूको उद्धार गरिएको छ । उनी चढेकाे हेलिकप्टरबाट ७ जना घाइतेको उद्धार गरी प्रदेश अस्पताल सुर्खेत लगिएको हाे ।
प्रधानमन्त्री प्रचण्ड आज बिहान भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न सेनाको हेलिकप्टरमार्फत जाजरकोट पुगेका थिए । सोही हेलिकप्टरमार्फत जाजरकोटको नलगाढबाट ७ जना घाइतेको उद्धार गरेर सुर्खेत लगिएको हो ।
साथै ७ जना कुरुवासमेत हेलिकप्टरमा राखेर लगिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।




















प्रतिक्रिया