काठमाडाैं । कर्णालीकाे जाजरकाेट, रुकुम पश्चिम र वरिपरिका गरी भूकम्पमा परेर हालसम्म ज्यान गुमाउनेकाे संख्या १२९ पुगेको छ । नेपाल प्रहरीकाअनुसार जाजरकोटामा ९२ र रुकुम पश्चिममा ३७ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।
जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना गरी १४० घाइते भएका छन् । उनीहरूकाे विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ भने उद्धार कार्य जारी नै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयं आज बिहान भूकम्प प्रभावित क्षेत्र पुगेर घाइते तथा आफन्त गुमाएकाहरूलाई ढाडस दिएका छन् । उनी चढेकै हेलिकप्टरबाट गम्भीर घाइतेहरूकाे उद्धार गरिएकाे छ ।
यसैगरी उद्धारी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मालगायत प्रभावित क्षेत्रमा पुगेका छन् । स्वास्थ्यकर्मी र सुक्षाकर्मीलाई पनि प्रभावित क्षेत्रमा केन्द्रित गराइएकाे छ ।
भूकम्पका कारण प्रभावित क्षेत्रका वस्तीहरू तहसनहस भएका छन् भने सडकहरू भत्किएका छन् । कतिपय ठाउँ सञ्चार सम्पर्कबाट विच्छेद भएका छन् ।
तस्बिरहरू:–
















तस्बिर : रासस





















प्रतिक्रिया