Logo

अर्थ

जाजरकाेट र रुकुमका भूकम्प पीडितलाई बागमती सरकारले १ कराेड ५० लाख दिने



हेटाैंडा । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएकाे भूकम्पबाट पीडित बनेकाहरूका लागि बागमती प्रदेश सरकारले १ कराेड ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

भूकम्प पीडितकाे प्रभावकारी उद्दार, उपचार, राहत र पुनर्स्थापनाकाे लागि १ कराेड ५० लाख रुपैयाँ उपलब्ध गराउने बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।

मन्त्री श्रेष्ठले विपद्काे यस घडीमा बागमती सरकार कर्णाली प्रदेश सरकारकाे साथमा रहने बताए । उनले भूकम्पमा परी ज्यान गुमाउने व्यक्तिहरू प्रति श्रद्धाञ्जली र आफन्तजनहरूमा समवेदना व्यक्त गरेका छन् ।

गंगानारायण श्रेष्ठ, बागमती सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री

मन्त्री श्रेष्ठले विज्ञप्तिमार्फत घाइतेहरूकाे शीघ्र स्वाास्थ्यथ्य लाभको कामना समेत गरेका छन् । उनले विपद्काे घडीमा आवश्यक सहयोग गर्न नागरिक समाज र गैरसरकारी संस्थाहरूलाई आग्रह पनि गरेका छन् ।

 

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार १२:२८   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।