Logo

प्रमुख समाचार

आइतबारका लागि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक



काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरणका अनुसार आइतबार बिहान ८ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाइएको हाे ।

जाजरकोटलाई केन्द्र विन्दु बनाएर गएकाे भूकम्पले मानवीय तथा भाैतिक जनधनमा ठूलाे क्षति पुर्याएपछि प्रधानमन्त्रीले बैठक बाेलाएका हुन् । उक्त बैठकले भूकम्पको क्षतिबारे छलफल गर्नुका साथै पीडितहरूलाई राहत, उद्धार तथा पुर्नस्थापनाबारे थप निर्णय गर्ने बताइएकाे छ ।

प्रधानमन्त्री प्रचण्डले शनिबार भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । उनले आफू चढेर गएक हेलिकप्टर उद्धारका लागि छाडेर प्लेनमार्फत काठमाडाैं फर्कँदैछन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार १५:०३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।