Logo

प्रमुख समाचार

कांग्रेसले महामन्त्रीद्वयको नेतृत्वमा बनायो भूकम्प व्यवस्थापन सहजीकरण समिति



काठमाडौं । नेपाली कांग्रेसले जाजरकोट भूकम्पबाट पीडितहरूको व्यवस्थापन सहजीकरणका लागि दुई महामन्त्रीको संयोजकत्वमा सहजीकरण समिति गठन गरेको छ ।

आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको संयोजकत्वमा भूकम्प व्यवस्थापन सहजीकरण समिति गठन गरेको हो ।

कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माका अनुसार आइतबार बिहान पार्टी कार्यालय सानेपमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै कांग्रेसले भूकम्प पीडितकालागि सरकारी राहत कोषमा ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ भने थप सहयोग रकम संकलन गर्न पार्टीका नेता तथा कार्यकर्ताहरूमाझ आव्हान गरेको छ ।

प्रचार विभाग प्रमुख विश्वकर्माले पार्टीको राहत कोषमार्फत सरकारलाई हस्तान्तरण हुने गरी पार्टीका नेता कार्यकर्ता तथा जनप्रतिनिधिहरूबाट राहत संकलन गर्ने आव्हान गरिएको बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार १३:०१   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।