कार्तिक । नेपाली कांग्रेस मधेश प्रदेशका सूचना संचार तथा प्रचार प्रसार विभाग प्रमुख नितेश गुप्ताले जसपाका नेता योगन्द्र यादवकाे अभिव्यक्तिप्रति कडा निन्दा गरेका छन् । यादवले कांग्रेसप्रति दिएकाे अभिव्यक्तिलाई लिएर गुप्ताले जो जस्तो व्यक्ति हुन्छ त्यसरी नै अरुलाई हेर्ने गरेको टिप्पणी गरे ।
जसपाकाे शनिबार देवाही गोनाही नगरपालिकाको गोनाही बजारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मधेश प्रदेशका पूर्व राज्यमन्त्री योगेन्द्र यादवले अनर्गल, अपमानजक, अशोभनीय अभिव्यक्ति दिएको गुप्ताले बताए । उनले एउटा फेसबुक स्टेटस देखाउँदै आकेष्ट्रामा नर्तकी नाच्दै गरेका स्टेजमा बसेर मख्ख परेका पूर्व राज्यमन्त्री यादवको विरुद्ध लेखिएका शब्दहरुलाई स्मरण गर्दै भने, ‘हामी राजनीति क्षेत्रका व्यक्ति हौं । तल्लो स्तरमा झरेर अपशब्दहरु भन्दैनौं तर यस्तै रबैया कायम रहयो भने राज्यमन्त्री रहँदा खेरी गरिएका कर्तुतहरु सार्वजनिक गर्छाैं .’
एक त मधेशप्रदेशमा सत्तासाझेदार रहेका पार्टीहरुबीच तलमाथि भएमा पार्टीका शीर्ष नेताहरु बसेर समस्या समाधान गर्नुपर्नेमा सार्वजनिक मञ्चबाट कांग्रेस वा नेता विरुद्ध गलत अभिव्यक्ति दिनेलाई यस आफूहरूले नछाड्ने बताए ।




















प्रतिक्रिया