Logo

प्रमुख समाचार

कोशी प्रदेश : मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी



काठमाडौं । कोशी प्रदेश सभाको बैठक आज बस्दै छ । प्रदेश सभाको चौथो अधिवेशनको चौथो बैठक आजका लागि बोलाइएको हो । बैठक दिउँसो १ बजे बस्ने छ ।

आजको बैठकमा विषयगत समितिको टुंगो लगाउने र निजामती सम्बन्धी विधेयक संसद्मा टेबुल हुने कार्यसूची रहेको कोशी प्रदेश सचिवालयले जनाएको छ ।

त्यस अघि कार्यव्यवस्था समितिको बैठक ११ बजे बोलाइएको छ ।

गत कात्तिक १ गते स्थगन गरिएको सो बैठक आजका लागि बोलाइएको हो । एमालेको समर्थनमा मुख्यमन्त्री केदार कार्कीले सत्ता गठबन्धनका दुई जनालाई मन्त्री बनाएपछि एमाले रुष्ट छ ।

एमालेले समर्थन फिर्ता लिने वा कायमै राख्ने बारे अहिले केहीबेरमा बस्ने कोशी संसदीय दलको बैठकले टुंगो लगाउने एमाले कोशी प्रदेश सांसद मिना श्रेष्ठले जानकारी दिइन् । सत्ता गठबन्धनका दुई मन्त्री बनेसँगै एमालेबाट मन्त्री बनेका रामबहादुर मगरले राजीनामा दिइसकेका छन् ।

उसले आफूहरू गठनन्धनमा नरहेको भन्दै समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ । यद्यपी सत्ता गठबन्धनले राप्रपालाई सभामुख दिएर सत्ता जोगाउने कसरतमा लागेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार ०८:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।