काठमाडौं । सरकारकाे नेतृत्व गरेकाे नेकपा माओवादी केन्द्रले काठमाडौंमा गर्न लागेकाे जनप्रदर्शनकाे कार्यक्रम स्थगित भएकाे छ । माओवादीले गणतन्त्र र संघीयताविरोधीहरूको विरुद्ध २२ मंसिरमा प्रदर्शन गर्ने घाेषणा गरेकाे थियाे ।
तर भूकम्पका कारण काठमाडौंमा हुने भनिएको जनप्रदर्शन स्थगित भएको माओवादी केन्द्रले जनाएको छ । सत्तारुढ भएपनि सडक आन्दोलन घोषणा गरेकोमा आलोचना भइरहेका बेला माओवादीले भूकम्पलगायत कारण देखाउँदै कार्यक्रम स्थगित गरेकाे हाे ।
माओवादी प्रवक्ता अग्नि सापकोटाका अनुसार काठमाडौंबाहेक अन्य स्थानमा भने प्रदर्शन गर्ने कार्यक्रम यथावत छ । उनले वडा र स्थानीय तहका कार्यक्रम यथावत रहने बताए ।




















प्रतिक्रिया