Logo

अर्थ

दोहोरो अंकले बढ्याे सेयर बजार



काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक २१.३० अंकले बढेर १८४७.५४ को विन्दुमा उक्लिएको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३३ अंकले बढेर ३५५.७३ को विन्दुमा पुगेको छ ।

आज नेप्सेमा सूचीकृतमध्ये २८३ कम्पनीका ३५ लाख ५५ हजार ६७० कित्ता सेयर ९३ करोड ८९ लाख २९ हजार ४० रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज नेप्से उपसमूहमा रहेका १३ आटै उपसमूहमा हरियाली छाएको छ । यो दिन सवैभन्दा बढी होटल एन्ड टुरिज्म समूह ३.७३ अंकले बढेको छ । यो दिन व्यापार समूह सबैभन्दा बढी २.७४ प्रतिशटले बढेको छ ।

यसैगरी, निजीवन बीमा समूह २.३६ प्रतिशतले बढेको छ । यसैगरी लगानी समूह र उत्पादन तथा प्रोसेसिङ समूह समान १.३८ प्रतिशतले बढेको छ ।

त्यसैगरी, सोल्टी होटलका सेयरधनीको सर्वाधिक ६४ करोड बढीको सेयर कारोबार भएको छ । यसैगरी दोस्रोमा सोनापुर मिनरल्स एन्ड आयलको ५६ करोडभन्दा बढीको कारोबार भएको छ । यसैगरी हाथवे इन्भेष्टमेन्ट कम्पनीको ३७ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार १६:०९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।