काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख १५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १४ हजार ४५० रुपैयाँ कायम भएको छ ।
हिजो सोमबार पनि सुनको मुल्य तोलामा ५०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख १५ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख १४ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ । हिजो मूल्य स्थिर रहँदै चाँदी १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो ।




















प्रतिक्रिया