काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा)ले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक २० गते सोमबार बसेको संचालक समितिको बैठकले उक्त आर्थिक वर्षको संचित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.२१०५ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजी २१ अर्ब ६० करोडको ४.२१०५ले हुने ९० करोड ९४ लाख ६८ हजार रुपैंया नगद लाभांस (लाभांस कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीमा उक्त लाभांश वितरण हुने छ ।




















प्रतिक्रिया