काठमाडौं । साताकाे तेस्राे काराेबा दिन आज (मंगलबार) पनि सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेकाे छ । अघिल्लो दिन २१ अंकमाथिले बढेको नेप्से सूचक मंगलबार थप ११.२२ अंकले बढ्दै १८ सय ५८.७६ अंकमा पुग्याे ।
आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.४६ अंकले बढ्दै ३५८.१९ अंकमा उक्लिएको छ । त्यस्तै निर्जीवन बीमा समूह अरु १२ वटा उपसूचक धनात्मक भएका छन् । निर्जीवन बीमा समूहको उपसूचक भने आज ०.१८ प्रतिशतले घटेको छ ।
११ अंकले नेप्से सूचक बढेको यस दिन झन्डै अर्ब रुपैयाँ (९९ करोड ६५ लाख ८६ हजार) बराबरको कारोबार भएको छ । आज लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै (८.१६ प्रतिशत)ले बढ्याे भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य धेरै (८.२६ प्रतिशत)ले घटेकाे छ ।




















प्रतिक्रिया