Logo

अर्थ

लगातार तेस्रो दिन पनि बढ्यो सेयर बजार, कारोबार भने खुम्चियो



काठमाडौं । लगातार तेस्रो दिन पनि सेयर बजारमा सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.१६ अकंले बढेर १८६३.९३ बिन्दुमा बन्द भएको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२१ अंकले बढेर ३५८.४० को विन्दुमा पुगेको छ । आज २८८ कम्पनीको ३१ लाख ५७ हजार ६२ कित्ता सेयर किनबेच हुँदा ७८ करोड २७ लाख ४३हजार रुपैयाँको कारोबार भएको छ । हिजो करिब १ अर्ब पुगेको कारोबार आज भने खुम्चिएको हो ।

बुधबार चार उपसूचक राताम्य भएका छन् । आज विकास बैंक समूहको ०.३८ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६४ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.४३ प्रतिशत र निर्जीवन बीमा समूहको ०.२३ प्रतिशतले सेयर मूल्य ओरालो लागेको हो ।

आज सोनापुरको ५ करोड ६१ लाख र हिमालयन बैंकको संस्थापक सेयर ५ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ ।

बुधबार ग्लोबल आइएमई लघुवित्तको ८.०७ प्रतिशत, पिपुल्स हाइड्रोपावरको ७.४० प्रतिशत नेपाल एसबिआई बैंकको ७.३२ प्रतिशतले सेयर मूल्य सुधार आएको छ ।

त्यस्तै, कर्पोरेट विकास बैंकको ६.३८ प्रतिशत, समलिङ्ग पावरको ५.५३ प्रतिशत र एनआइसी एशिया ग्रोथको ४.९२ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार १५:५०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।