Logo

अर्थ

मुलपानी, भरतपुर र विराटनगर क्रिकेट रंगशाला अब राष्ट्रिय गौरवको आयोजना



काठमाडाैं । सरकारले तीन वटा रंगशालालाई राष्ट्रिय गोरवको आयोजनाका रूपमा अघि बढाउने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले काठमाडौंको मुलपानी, चितवनको भरतपुर र मोरङको विराटनगरमा रहेकाे क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने निर्णय गरेको हो।

‘काठमाडौंको मुलपानी, चितवनको भरतपुर र मोरङको विराटनगर रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने मन्त्रिपरिषदबाट निर्णय भएको छ,’ सरकारकी प्रवक्ता रेखा शर्माले भनिन् ।

पछिल्लाे समय नेपाली क्रिकेट टाेली टी-२० विश्वकपमा छानिएकाे छ । नेपालमा क्रिकेटकाे क्रेज पनि त्यही स्तरमा बढेकाे छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार १३:५५   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।