काठमाडाैं । सरकारले तीन वटा रंगशालालाई राष्ट्रिय गोरवको आयोजनाका रूपमा अघि बढाउने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले काठमाडौंको मुलपानी, चितवनको भरतपुर र मोरङको विराटनगरमा रहेकाे क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने निर्णय गरेको हो।
‘काठमाडौंको मुलपानी, चितवनको भरतपुर र मोरङको विराटनगर रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने मन्त्रिपरिषदबाट निर्णय भएको छ,’ सरकारकी प्रवक्ता रेखा शर्माले भनिन् ।
पछिल्लाे समय नेपाली क्रिकेट टाेली टी-२० विश्वकपमा छानिएकाे छ । नेपालमा क्रिकेटकाे क्रेज पनि त्यही स्तरमा बढेकाे छ ।




















प्रतिक्रिया