काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख १४ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १४ हजार १५० रुपैयाँ कायम भएको छ ।
हिजो एक हजार रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख १३ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदी आज तोलामा २० रुपैयाँले बढेको छ । बिहिबार चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




















प्रतिक्रिया