Logo

प्रमुख समाचार

नेपाल संवत्‌लाई राष्ट्रिय संवत्‌को रुपमा प्रयोग गरौँ : मेयर बालेन



काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नेपाल संवत्‌लाई राष्ट्रिय संवत्‌को रुपमा प्रयोग गर्न आग्रह गरेका छन्

मंगलवार काठमाडौँमा नेपाल संवत्‌ ११४४ को कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले काठमाडौँ महानगरपालिकाले पहिल्यैबाट नेपाल संवत्‌को प्रयोग गरिरहेको उल्लेख गर्दै

नेपाल संवत्‌ देशभर नै सबैले प्रयोग गर्न आवश्यक रहेको बताए । उनले नेपाल संवत्‌लाई राष्ट्रिय संवत्‌को रुपमा प्रयोग गर्न सरकारले मुख्य भूमिका निभाउनुपर्ने बताए । उनले आगामी वर्षसम्म नेपाल संवत्‌ राष्ट्रिय रुपमा नै प्रयोग हुने विश्वास रहेको बताए ।

‘नेपाल संवत्‌लाई राष्ट्रिय संवत्‌को रुपमा प्रयोग गर्नुहुन आग्रह छ । काठमाडौँ महानगरपालिकाले त पहिलादेखि नै आफ्ना कागजातहरुमा समावेश गर्दै आएको छ । प्रधानमन्त्रीज्यु पनि यहाँ नै हुनुहुन्छ, राष्ट्रिय रुपमा मनाउन आग्रह छ । अर्कोपटक आउँदा राष्ट्रिय रुपमा नै प्रयोग हुनेछ भन्ने विश्वास छ’ उनले भने । मेयस साहले काठमाडौँ महानगरपालिकाले आधिकारिक रुपमा नै नेपाल संवत्‌ प्रयोग गरिरहेको बताए ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलवार १५:५३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।