काठमाडौं । पछिल्लाे समय देशकाे अर्थतन्त्रबारे चिन्तित बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसलाई चलायमान बनाउने विषयमा आज (मंगलबार) निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दैछन् ।
साेमबार अर्थ मन्त्रालय, राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग, विकाससँग सरोकार राख्ने मन्त्रालयका मन्त्री, सचिव तथा अन्य सम्बन्धित पदाधिकारीहरुसँग छलफल गरेका थिए ।
सोही छलफलले निजी क्षेत्रसँग पनि छलफल गर्ने निर्णय गरेबमाेजिम प्रधानमन्त्रीले आज दिउँसो दुई बजे सिंहदरबारस्थित कार्यालयमा छलफल गर्ने भएका हुन् ।




















प्रतिक्रिया