काठमाडौं । विवादित निर्माण कम्पनी पप्पु कन्ट्रक्सनका मालिक हरिनारायण रौनियार नेकपा एमालेमा प्रवेश गरेका छन् । निर्माण क्षेत्रमा निकै विवादित बनेको पप्पुका सञ्चालक रौनियारलाई मंगलबार पर्साको पोखरियामा भएको एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा माला लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय सदस्य समेत रहेका रौनियारको पप्पु कन्ट्रक्सनले जिम्मेवारी लिएका ठूला आयोजनाहरूका काम विवादित रहँदै आएका छन् । ०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा) बाट पर्सा ३ को संघीय सांसदमा निर्वाचित भएका उनी भ्रष्टाचार मुद्दा दायर भएसँगै निलम्बित भएका थिए ।




















प्रतिक्रिया