Logo

प्रमुख समाचार

सहकारीका अध्यक्षसमेत रहेका फरार मेयरले भने- मेरो घरजग्गा बचतकर्तालाई हस्तान्तरण गर्छु’



पोखरा । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले आफूले बचतकर्ताको पैसा फिर्ता गर्न तयार रहेको बताएका छन् । ६ महिनादेखि फरार रहेका उनले मंगलबार सामाजिक सञ्जालमा लाइभमार्फत आफ्नो नाममा रहेको घरजग्गा बचतकर्तालाई हस्तान्तरण गर्न चाहेको बताएका हुन् ।

मेयर नेपालीले हस्तान्तरण गर्नको लागी वातावरण मिलाई दिन आग्रह पनि गरेका छन् । ‘सहकारीको समस्या बचतकर्ताहरुको समस्या समाधानको लागी सम्पूर्ण बचतकर्ताहरुको नाममा मेरो र मेरो श्रीमती को नाममा भएको घर जग्गा बिभिन्न मालपोत कार्यालय मा गई हस्तान्तरण गर्न को लागी चाहान्छु । हस्तान्तरण गर्नको लागी वातावरण मिलाई दिन कानून निकाय, राजनिती दल, नागरिक समाज पत्रकार र बिभिन्न सरोकार वालाहरुलाई अनुरोध गर्दछु,’ उनले भनेका छन् ।

प्रहरीले उक्त भिडियाेकाे आधिकारिकताबारे अध्ययन गरिरहेकाे छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डीएसपी मदन केसीले भिडिओको विषय अनुसन्धान भैरहेको बताए ।

मेयर नेपाली बचतकर्ताको रकम तिर्न नसकेपछि गत जेठ ५ गतेदेखि फरार छन् । नेकपा एमालेबाट नेपालीले २०७४ र २०७९ मा ढोरपाटनको मेयर जितेका हुन्।

सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइसकेकाे छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलवार १८:३६   :  बजे

360
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।