Logo

प्रमुख समाचार

राजतन्त्र फर्काउने प्रयास मूर्खताबाहेक अरु केही होइन : अध्यक्ष ओली



काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले फ्याँकेको राजतन्त्र फर्काउने प्रयास मूर्खताबाहेक केही नभएको टिप्पणी गरेका छन् ।

शुक्रबार काठमाडौंमा युवा संघको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले कतिपय देशले ऐतिहासिक कारणले स्वीकार गरेको हुनसक्ने र त्यसबारे केही भन्नु नभएको बताए ।

राजतन्त्रलाई राजनीतिक, वैचारिक र सैद्धान्तिक रुपमा कुनै हिसाबले पनि चेतनै नभएका मर्खहरुले मात्रै मान्ने उनको भनाइ छ । ओलीले राजतन्त्रकै कारण तत्कालीन अवस्थामा शिक्षा, स्वास्थ्य, विकास, पूर्वाधार क्षेत्रमा विकास हुन नसकेको धारणा राखे । अहिले मरेको प्रेतका पछाडि केहि व्यक्ति लागिपरेको अवस्थामा युवा संघले मात्रै परिवर्तनको पक्षमा आवाज उठाएको भन्दै धन्यवाद दिए ।

त्यस्तै, अध्यक्ष ओलीले अहिलेको गठबन्धन सरकारकै कारण परिवर्तन विरोधी सल्बलाउन थालेको आरोप लगाए । जग नै नभएका कारण वर्तमान सरकार सानो समूहको प्रदर्शनबाट तर्सेको उनको भनाइ छ । जनतामा निराशा हुनु देशका लागि खतरनाक कुरा भएकाले सरकारले जनतालाई आशावादी बनाउनुपर्ने उनले बताए ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार १६:५६   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।