Logo

राजनीति

‘कर्मचारीको भत्ता कटौतीले संसद् चलाउन समस्या भयो’



काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् सचिवालयका कर्मचारीको भत्ता कटौती हुँदा संसद् चलाउन समस्या भएको बताएका छन् । संसदीय समितिका सभापतिहरुसँग सोमबार भएको छलफलमा सभामुख घिमिरेले कर्मचारीको भत्ता कटौती हुँदा कार्यालय समयबाहेक संसद् चलाउन समस्या भएकाे बताएका हुन् ।

विगतमा संसद् सचिवालयका कर्मचारीलाई कार्यालय समय भन्दा थप समय काम गर्दा भत्ताको व्यवस्था थियो । तर पछिल्ला वर्षमा सरकारले खर्च कटौती गर्नुपर्ने भन्दै कर्मचारीलाई भत्ता नदिने घोषणा गरेपछि हाल संसदमा कर्मचारीले भत्ता पाएका छैनन् ।

विगतमा संसद्लाई विभिन्न दातृ निकायले सहयोग गरेको तर अहिले दातृ निकायको सहयोग पनि घट्दै जाँदा धेरै कामकारबाहीमा समस्या परेको धारणा राखे ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार १९:००   :  बजे

213
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।