काठमाडौं । नेपाली कांग्रेसले जाजरकोटका भूकम्पपीडितको अस्थायी आवास निर्माणलाई तीव्रता दिन र एकमुष्ट ५० हजार रुपैयाँ दिन सरकारको ध्यानाकर्षण गराएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले अस्थायी आवास निर्माणको लागि दिने भनिएको ५० हजार एकैपटक दिन सरकारसँग माग गरेको हाे ।
बैठकमा पार्टीका मन्त्रीहरूबाट अहिलेसम्म भएका प्रगतिबारे जानकारी लिएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए । रकम पठाइसकेको तर स्थानीयको हातमा नपुगेकामा आफूहरु गम्भीर रहेको उपप्रधान तथा रक्षामन्त्री र अर्थमन्त्रीले बैठकमा बताएको पनि उनले सुनाए ।




















प्रतिक्रिया