Logo

प्रमुख समाचार

सरकारलाई कांग्रेसले भन्याे– ‘भूकम्पपीडितलाई अस्थायी आवास निर्माण गर्न ५० हजार एकैपटक दिऔं’



काठमाडौं । नेपाली कांग्रेसले जाजरकोटका भूकम्पपीडितको अस्थायी आवास निर्माणलाई तीव्रता दिन र एकमुष्ट ५० हजार रुपैयाँ दिन सरकारको ध्यानाकर्षण गराएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले अस्थायी आवास निर्माणको लागि दिने भनिएको ५० हजार एकैपटक दिन सरकारसँग माग गरेको हाे ।

बैठकमा पार्टीका मन्त्रीहरूबाट अहिलेसम्म भएका प्रगतिबारे जानकारी लिएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए । रकम पठाइसकेको तर स्थानीयको हातमा नपुगेकामा आफूहरु गम्भीर रहेको उपप्रधान तथा रक्षामन्त्री र अर्थमन्त्रीले बैठकमा बताएको पनि उनले सुनाए ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार १८:२३   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।