काठमाडौं- मुक्तिनाथ कृषि कम्पनीकोआईपीओमा अन्तिम दिनसम्ममा साढे १२ गुणा आवेदन परेको छ।
सीडीएसीका अनुसार मंगलबार साँझ ५ बजेसम्ममा १३ लाख २२ हजार ९९४ जना आबेदकहरूबाट १ करोड ४३ लाख २८ हजार १८० कित्ता सेयर माग भएको छ। यो कम्पनीको आईपीओमा १ अर्व ४३ करोड २८ लाख १८ हजार रुपियाँको सेयर माग भएको हो।
गत मंसिर ८ गतेदेखि बिक्री खुला भएको कम्पनीको आईपीओमा छिटो अवधि अर्थात् मंसिर १२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था थियो। कम्पनीले ११ लाख ४८ हजार कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा बिक्री खुलाएको हो। कुल ७० करोड रुपैयाँ चुक्तापूँजी रहेको उक्त कम्पनीले २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको आईपीओ निश्कासन प्रक्रिया अगाडि बढाएको थियो।
कुल १४ लाख कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकिएको छ। कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ छ।
प्रमोटरहरुबाट ५६ करोड जम्मा भइसकेको छ भने आइपीओपछि कुल चुक्तापूँजी ७० करोड हुनेछ। आईपीओ बाँडफाँट पछि कम्पनीमा संस्थापक र साधारण सेयरधनीको सेयर हिस्सा अनुपात ८०:२० प्रतिशत हुनेछ। सेयर निष्कास तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।




















प्रतिक्रिया