Logo

राजनीति

देउवालाई विश्वप्रकाशले भने– ‘सभापतिजीले अब प्रधानमन्त्री बन्न युवा अघि बढ भन्नुपर्छ’ 



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले अब प्रधानमन्त्री बन्ने आकांक्षा त्याग्नुपर्ने बताएका छन् । सभापति देउवाले आफैंले आफ्ना समकालीन वा नयाँ युवा पुस्तालाई प्रधानमन्त्री बन्न आग्रह गर्नुपर्ने उनले बताए ।

शनिबार पार्टीको लुम्बिनी प्रदेश सम्मेलनको उद्घाटन कार्यक्रममा महामन्त्री शर्माले सभापति देउवा ५/५ पटक प्रधानमन्त्री बनिसकेकाले अब बन्न अन्य नेताहरूलाई अघि सार्नुपर्ने बताए । ‘आदरणीय सभापति ५/५ पटक त प्रधानमन्त्री बनिसक्नुभयो, याे कुरामा ल अघि बढ मेरा समकालीन साथीहरू या आउ कोही युवा भनेर भन्न सक्ने मनोविज्ञान सभापतिजीले राख्नुपर्छ’, उनले भने ।

कांग्रेस सभापतिको शालीनता र सहृदयी भावनाका कारण त्यो दिन पनि आउने अपेक्षा गरेको महामन्त्री शर्माले बताए ।

त्यसअघि कार्यक्रमलाई सम्बाेधन गरेका देउवाले अब पार्टीलाई बलियो बनाउने बताएका थिए ।निकै छोटो बोलेका देउवाले भने, ‘कम बोल्ने काम बढी गर्नेछु । बोल्ने भन्दा काम गरेर देखाउनुपर्छ ।’

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार १७:५९   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।