काठमाडौं- नेकपा एकीकृत समाजवादी (एस) सचिवालय बैठक आज पनि बस्दै छ।
बैठक एसको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्नेछ।
पार्टीको राष्ट्रिय महाधिवेशनको मिति तय गर्न आज बैठक बस्न लागेको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।
यसअघि सोमबार बसेको बैठकले राष्ट्रिय सभाको निर्वाचनमा सहभागि हुने निर्णय गर्दै निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो।
आजको बैठकमा अन्तरपार्टी निर्देशनमा नेताहरूको जिम्मेवारी हेरफेर, र कार्यविभाजन गर्नेदेखि विभिन्न कमिटीमा प्रतिनिधि मनोनयनलगायत आन्तरिक विवाद समाधान गर्न छलफल गरिने खतिवडाले जानकारी दिए।




















प्रतिक्रिया