काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एनसेल करछलिको गहिरो अनुसन्धान हुनुपर्ने बताएका छन्। ६ वर्षपछि सरकारको स्वामित्वमा आउन लागेको एनसेलको खरिदबिक्री शंकास्पद रहेको उनको भनाइ छ।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले एनसेलको अपार करछलिको गहिरो अनुसन्धान जरुरी रहेको औल्याएका हुन्।
‘६ बर्षपछि सरकारको स्वामित्वमा आउन लागेको एनसेलको खरिदबिक्री शंकास्पद छ। यसलाई रोकेर यो अपार करछलिको गहिरो अनुसन्धान जरुरी छ। अनियमितता विरुद्ध सम्पूर्ण एकताको दृष्टि साथ, सरकार, प्रतिपक्ष, मिडिया र नागरिक सम्पूर्ण रूपले एकढिक्का उभिने संकेत सकारात्मक छ,’ महामन्त्री शर्माले लेखेका छन्।
एनसेलले बाह्य लगानीलाई नेपालमा सहज वातावरण नरहेको आक्षेप खारेज गर्न संगठित पहल गर्नुपर्ने धारणासमेत महरले सार्वजनिक गरेका छन्।
अत्यावश्यक ऎन संशोधन र परिमार्जन गरेर कार्यान्वयनमा नल्याउनुको कमजोरी आत्मसात गर्दै जवाफदेहीपूर्ण ढंगले कार्य गर्नुपर्ने उनले बताए। बाह्य लगानीको थप सुरक्षीत वातावरण निर्माण गर्दै सकारात्मक सन्देश सम्प्रेषण गर्नुसमेत अहिलेको अपरिहार्यता रहेको उनको भनाइ छ।
यस्तै एनसेलले पुँजिगत लाभकर नतिर्ने प्रपन्च गर्दा नो ट्याक्स, नो एनसेल अभियानको अघि बढाएको स्मरण गराएका छन्। ‘उक्त दबाब र मुद्दापछि अन्ततः उ झुक्न बाध्य भयो। अहिलेको प्रकरणमा सरकार र दलहरू कठोर हुन जरुरी। जनदबाबको स्वतस्फूर्त साथ फेरि पनि साथमा हुनेछ,’ महामन्त्री शर्माले भने।




















प्रतिक्रिया